man sitting on chair holding and surrounded by people


परमेश्वरको उद्धारको महान् कामको प्रापक बन्नका लागि हामीले आफ्ना पापहरूबाट पश्चात्ताप मात्र गर्ने होइन तर हाम्रो लागि परमेश्वरले आफ्नो पुत्र येशू ख्रीष्टद्वारा गर्नुभएको काममा विश्वास र भरोसा पनि गर्नुपर्दछ । अरू सबै प्रकारको आत्मभरोसा त्यागेर येशू ख्रीष्टको व्यक्तित्व र काममाथि साथै हाम्रो पापहरूको लागि उहाँले क्रुसमा  गर्नुभएको मृत्युवरणमा र मृतकबाट उहाँको पुनरुत्थानमाथि हामीले आफ्नो भरोसा राख्नुपर्दछ । हामीले यो विश्वास गर्नुपर्छ कि उहाँले जे गर्नुभयो त्यो हाम्रो लागि गर्नुभयो । र हाम्रो विश्वास यो पनि हो कि परमेश्वरसँग हाम्रो पुनर्मिलाप भएको छ र उहाँमा हामीलाई अनन्त जीवन दिइएको छ ।
  यो कुरा बुझ्न महत्वपूर्ण छ कि जसरी परमेश्वरले चारैतिरका सबै मानिसलाई तिनीहरूका पापदेखि पश्चात्ताप गर्नलाई आज्ञाहरू दिनुहुन्छ, त्यसरी नै उहाँले चारैतिरका सबै मानिसहरूलाई उहाँको पुत्रमाथि विश्वास गर्नलाई पनि आज्ञा दिनुहुन्छ । आफ्नो पहिलो पत्रमा प्रेरित यूहन्नाले यसो लेख्छन्— “उहाँको आज्ञा यही हो कि हामीले उहाँका पुत्र येशू ख्रीष्टको नाउँमा विश्वास गर्नुपर्छ, र उहाँले हामीलाई आज्ञा दिनुभएबमोजिम एउटाले अर्कोलाई प्रेम गर्नुपर्छ” (३ः२३) । जब भिडले येशूलाई “परमेश्वरले चाहनुभएको कामहरू गर्नका लागि” उनीहरूले के गर्नु पर्दछ भनी सोधे, तब उहाँले यसरी प्रतिक्रिया दिनुभयो, “परमेश्वरको काम यही हो— जसलाई उहाँले पठाउनुभयो उसमाथि विश्वास गर” (यूह ६ः२८–२९) । यो कुरा बुझ्न पनि महत्वपूर्ण छ कि मानिसहरूले येशू ख्रीष्टमाथि विश्वास गर्नका लागि अरू सबै विश्वासहरूलाई बहिष्कार गर्नुपर्दछ । येशू नै संसारको मुक्तिदाता हुनुहुन्छ भनी विश्वास गर्नु भनेको त्यस्तो दाबी गर्ने अरू सबैलाई इन्कार गर्नु हो । सायद यो ख्रीष्टियान विश्वासले माग गर्ने सबैभन्दा निन्दनीय माग हुनसक्छ । एक व्यक्तिले अरू सबै माध्यमहरूलाई नत्यागी ख्रीष्टलाई एकमात्र उद्धारकर्ताको रूपमा घोषणा गर्न सक्दैन । साँचो विश्वासले येशूलाई उद्धारकर्ताहरूमध्ये एकको रूपमा नभई एकमात्र उद्धारकर्ताको रूपमा भरोसा गर्छ । 
    यो दाबी कुनै सङ्कुचित विचार भएको कट्टरपन्थी परम्परावादीहरूले निर्माण गरेको सिद्धान्त होइन तर यो त ख्रीष्ट र उहाँको प्रेरितहरूको शिक्षाको सार तत्व हो । येशूले आफैँलाई इङ्गित गर्दै यो घोषणा गर्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ । मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन्” (यूह १४ः६) । प्रेरित पत्रुसले साहसी भएर महासभाको अघि उभिएर यो घोषणा गरे, “अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन” (प्रे ४ः१२) । प्रेरित पावलले जवान तिमोथीलाई प्रचारको काम गर्न र येशू ख्रीष्टको एक असल सिपाहीको रूपमा कष्टहरू भोग्नलाई हौसला दिए यो कुरा अवगत गराउँदै कि “परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूबीचको मध्यस्थ पनि एउटै हुनुहुन्छ– मानिस, येशू ख्रीष्ट” (१ तिमो २ः५) । यी पदहरूको आधारमा सुसमाचारको सेवकले येशू ख्रीष्ट बाहेक उद्धारको निम्ति अरू पनि माध्यम छ भनी विश्वास गर्दछ भने उसले विश्वास त्यागेको छ भनी भन्नु कुनै अन्याय वा चरम आलोचना हुँदैन । वास्तवमा भन्ने हो भने उसले आफ्नै थाप्लोमा ख्रीष्टको न्यायको भयानक चेतावनीलाई निम्त्याएको छ— “तर हरेक जसले मलाई मानिसहरूका सामुन्ने इन्कार गर्छ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने इन्कार गर्नेछु” (मत्ती १०ः३३) ।
     परमेश्वरले हामीलाई एउटा मात्र रातो धागो दिनुभएको छ जसद्वारा हामी सुरक्षासाथ अनन्तसम्म वेग मार्न सक्छौँ— ख्रीष्ट र कलवरीमा भएको उहाँको क्रुस र मृत्यु । प्रेरित पत्रुससँगै यी शब्दहरू दोहोर्‍याउन ठीक हुन्छ, “स्वर्गमुनि अरू कुनै नाउँमा उद्धार छैन” (प्रे ४ः१२) । यो एकमात्र सुसमाचार हो जसले परमेश्वरको स्वीकृति प्राप्त गरेको छ ।

विश्वास के हो ? प्रार्थनाको स्थान