Black Letter Board Quote Instagram Post (2)
       परमेश्वरले सुसमाचारमा गर्नुभएका सम्पूर्ण प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भनी हृदयले भरोसा गर्नु नै ख्रीष्टियान विश्वास हो । थेसलोनिकीहरूले कुनै कागजका टुक्रामा हस्ताक्षर गरेनन् वा कुनै प्रार्थनालाई दोहोरर्याएका थिएनन् । तिनीहरूले प्रभु येशूको प्रतीक्षा गर्न थाले र यो कुरा तिनीहरूका जीवनमा देखियो । तिनीहरूका माझमा रहेका यहूदीहरूले धर्मीकरणको निम्ति मोशा र व्यवस्थामाथि भरोसा गर्न छोडे । ग्रीकहरूले आफ्ना मूर्तिहरूमाथि भरोसा गर्न छोडे । तिनीहरू आफ्नो धनमा भरोसा गर्न छोडे । बरु, तिनीहरूले परमेश्वरको सुसमाचारमा रहेका प्रतिज्ञाहरूमाथि भरोसा गर्न थाले । अब तिनीहरू न्याय र दण्डमा पर्ने थिएनन्, तर तिनीहरूले परमेश्वरमा रहेको अनन्त जीवन पाउने थिए । त्यसैले तिनीहरू भिन्न तरिकाले जिउन थाले । त्यो कुरा सबैले देखे । विश्वासले तिनीहरूका जीवनलाई परिवर्तन गरिदियो, किनभने विश्वासले प्रार्थनामा परमेश्वरका प्रतिज्ञाहरू दोहोरर्याउने काम मात्र गर्दैन, तर ती प्रतिज्ञाहरूमाथि भर पर्न लगाउँछ ।

       हालसालै मेरो छोरा साह्रै बिरामी भयो । हामीलाई पहिला नै थाहा थियो कि त्यो बिमारीले उसलाई केही समयको लागि अत्यन्तै विक्षिप्त पार्ने थियो । त्यसैले मेरो छोरा होसमै हुँदा मैले आँखामा हेरेर उसलाई भनेँ, “जे सुकै होस्, दुईवटा कुराहरू याद राखः म तिमीलाई प्रेम गर्छु र तिमीले ममाथि भरोसा गर्न सक्छौ ।” जब उसलाई बिमारीले च्याप्यो, वरिपरि के भइरहेको थियो भनी उसलाई थाहै भएन । तर उसले मलाई हेथ्र्याे र म दोहोरर्याउँथे “म तिमीलाई माया गर्छु र तिमीले ममाथि भरोसा गर्नसक्छौ ।” उसले यी प्रतिज्ञाहरूमा भरोसा गर्न सक्थ्यो भन्ने उसलाई थाहा थियो ।
       त्यो हो विश्वास । विश्वासले परमेश्वर, उहाँको चरित्र र उहाँको प्रेममाथि भरोसा गर्दछ । त्यसैले विश्वासले अरू कुनै कुरामा नभइ सुसमाचारका प्रतिज्ञाहरूमाथि भरोसा गर्दछ । यसैकारण याकूब भन्छन् कि कामविनाको विश्वास मरेको हुन्छ (याकूब २ः१७) । साँचो विश्वासले भरोसा गर्दछ, पछ्याउँछ र काम गर्दछ।
विश्‍वास के होइन ? ख्रीष्टमा विश्वास