Beige Simple Pottery Handmade Your Story (1)


सुसमाचार यो हो, कि हामीले जिउनुपर्ने 
सिद्ध जीवन येशूले जिउनुभयो, हामीले तिर्नुपर्ने पापको दण्ड उहाँले आफ्नो मृत्युमा तिरिदिनुभयो, र पाप र मृत्युलाई पराजित गर्दै मृत्युबाट बौरी उठ्नुभयो । अब पश्चात्ताप र विश्वास गर्ने सबैलाई मुक्ति दिने उहाँ प्रस्ताव गर्नुहुन्छ र पुनः फर्कि उहाँका मानिसहरूका लागि सबै कुराहरू पुनर्स्थापित गर्ने प्रतिज्ञा गर्नुहुन्छ । 
क. तपाईं सुसमाचारको परिवर्तन गर्ने शक्तिमा भरोसा गर्नुहुन्छ 
कहिलेकाहीँ मानिसहरू चर्च अनुशासनको विचारलाई लिएर दुबिधामा पर्दछन् । हामी हाम्रो पापबाट कामहरूद्वारा होइन तर केवल येशूको मृत्यु पुनरुत्थान माथीको विश्वासद्वारा मुक्ति पाउन सक्छौँ भन्ने नै के ख्रीष्टियानमतको असल खबर होइन र ? यदि हामीले केवल अनुग्रहबाट विश्वासद्वारा मुक्ति पाएका छौँ भने, हामी कसरी खराब कामहरूको लागि चर्चबाट निष्कासित हुन सक्छौँ ?
    कामले होइन तर सुसमाचारले विश्वासद्वारा हामीलाई धर्मी ठहराउँछ । तर धर्मी ठहराउने विश्वास काममा   प्रकट हुन्छ । परमेश्वरको पवित्र आत्माले वास्तवमै मानिसहरूलाई परिवर्तन गर्नुहुन्छ । ख्रीष्टले  क्रूसमा  पापको दण्ड भोग्नुभयो । उहाँ मृत्युबाट बौरी उठ्नुभयो र पापको पकड मृत्युलाई जित्नुभयो, र नयाँ सृष्टिको पहिलो सन्तानको रूपमा घोषित हुनुभयो । अब उहाँले आफ्ना मानिसहरूलाई यो नयाँ सृष्टि र नयाँ जातिमा डोर्याउनु  हुन्छ । उहाँले तिनीहरूलाई नयाँ गरी जन्माउनुहुन्छ । त्यसैले पावल टिप्पणी गर्नुहुन्छः 
हामी जो पापको लेखि मर्यौ,  त कसरी हामी अझै  त्यसैमा जिउनु ? यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौँ, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरूबाट जीवित पारिनुभयो, त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँडौं । (रोमी ६ः२,४)
    पश्चाताप र विश्वास एउटै सिक्काका दुई पाटा हुन्, र यो नयाँ गरी जन्मिएको मानिसको विशेषता हो । त्यसकारण हामीले एक विश्वासीको जीवनमा पश्चात्तापका फलहरू अपेक्षा गर्न र खोज्न थाल्नुपर्छ । शिशिरमा जस्तै एक व्यक्तिको जीवनका रूखहरू केही समय फलहीन रहन सक्लान्, अनि बग्ने धाराहरू धेरै हदसम्म हिउँले ढाकिन सक्लान् । तर वसन्त ऋतु फर्केर आउनेछः हाँगाहरूमा फेरि कोपिलाहरू लाग्नेछन्, पानीको चहलपहलको आवाज फेरि सुनिनेछ, अनि खुसीका लहरहरू पुनः झल्कनेछ ।
    त्यसैले पावल कोरिन्थीहरूलाई बताउँछन्, “तिमीहरू विश्वासमा दह्रिला छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर हेर । आफैलाई जाँच । जाँचमा असफल भएनौ भने येशू ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ भन्ने तिमीहरूलाई थाहा हुनुपर्ने हो⁄” (२ कोरिन्थी १३ः५) । व्यक्तिवादी सोच राख्ने पश्चिमी ख्रीष्टियानहरूको लागि यो मनपर्ने पद नहुन सक्छ, तर पावल स्पष्टरूपमा विश्वास गर्छन्, कि येशू ख्रीष्टले उहाँको आत्माद्वारा हाम्रो जीवन परिवर्तन गर्नुहुनेछ । र ती परिवर्तनहरू जाँच मार्फत वा परीक्षण मार्फत प्रमाणित गर्न सकिन्छ । जोन न्यूटनको भनाइलाई व्याख्या गर्दा, “म जस्तो हुनुपर्ने हो त्यस्तो छैन, तर परमेश्वरको कृपाले म पहिले जस्तो थिएँ त्यस्तो पनि छैन ।” हरेक ख्रीष्टियानले यसो भन्न सक्नुपर्छ ।
    ख्रीष्टियानहरू पनि पाप गर्ने कुराबाट अछुतो भने हुँदैनन् । तर पाप विरुद्धको तिनीहरूको लडाइँले तिनीहरूलाई ख्रीष्टियान हो भनेर चिनाउँछ ।

चर्च अनुशासन भनेको के हो ? बप्तिस्मा के होइन ?