Black Letter Board Quote Instagram Post (1)


बप्तिस्मा के होइन भन्ने बारेमा दुईवटा छोटो टिप्पणीहरूलाई विचार गरौँ । पहिलो, बप्तिस्माले तपाईंलाई बचाउँदैन । १ पत्रुस ३ः२१ लाई स्मरण गर्नुहोस्, जब पत्रुसले बप्तिस्माले बचाउँछ भन्छन्, यसको अर्थ शारीरिक धुवाइमा आन्तरिक शक्ति हुन्छ भन्ने होइन तर यसले ख्रीष्टको शक्तिशाली पुनरुत्थान माथिको हाम्रो विश्वासलाई व्यक्त गर्दछ । हामी येशूको मृत्यु र पुनरुत्थान माथिको विश्वासद्वारा बाँचेका छौँ र त्यो विश्वास बप्तिस्माद्वारा सार्वजनिक हुन्छ । 
       पवित्र धर्मशास्त्रले स्पष्ट बताउँछ कि, विश्वासद्वारा हाम्रा पापहरू क्षमा भएका छन्, परमेश्वरद्वारा हामी धर्मी ठहरिएका छौँ, र परमेश्वरसँग मिलाप गराइएका छौँ । (रोमी ३ः२१–३१; ४ः१–८; ५ः१–११) । बप्तिस्माले यी सबै वास्तविकताको चित्रण गर्दछ, तर उत्पन्न भने गर्दैन । सबै ख्रीष्टियानलाई बप्तिस्मा लिन आज्ञा गरिएको छ र ख्रीष्टका आज्ञाहरू पालन गर्नुले हाम्रो विश्वास वास्तविक छ भनी देखाउँछ । (यूहन्ना १४ः२१–२४; याकूब २ः१४–२६; १ यूहन्ना २ः३–६) । मुक्तिको लागि बप्तिस्मा आवश्यक छैन भनेर बप्तिस्मा   नलिने छुट कुनैपनि ख्रीष्टियानलाई छैन । यदि तपाईं मुक्ति पाएको दाबी गर्नुहुन्छ भने बप्तिस्मा एक आवश्यक प्रमाण हो । तर बप्तिस्माले तपाईंको मुक्तिको निश्चयता भने प्रदान गर्दैन । क्रूसको चोर बप्तिस्मा बिना पनि स्वर्ग गए (लूका २३ः३९–४३, भने सिमोन जादुगर बप्तिस्मा लिए तापनि नरक गए (प्रेरित ८ः१३–२४ । 
   दोस्रो, बप्तिस्मा एक मानवीय परम्परा मात्र होइन भनी जान्नु महत्वपूर्ण छ । यो चर्चले आविष्कार गरेको कुनै रीति पनि होइन । यो ख्रीष्टियानले मात्र गर्न सकिने वा गर्न नसकिने कुरा पनि होइन । बरु, यो त ख्रीष्टबाट आएको आज्ञा हो । जसले हरेक समयमा हरेक विश्वासीहरूलाई सबै ठाउँमा बाँध्छ ।
अर्को अध्यायमा ……..
तपाईंलाई पानीमा डुबाउने मित्रको फेरी कुरा गरौँ । यदि उसले त्यसरी तपाईंलाई   पानीमा डुबाउन सफल भयो भने, के उसले तपाईंलाई बप्तिस्मा दिएको हुन्छ ? 
    हुँदैन । यदि तपाईंले यसको बारेमा यस अध्यायको सुरुमा अनुमान मात्र लगाउनुभएको थियो भने पनि अब आशा छ, कि अहिले तपाईंले बप्तिस्मा सम्बन्धी स्पष्ट बाइबलीय चित्र पाउनुभएको छ । येशूले आफ्नो चेलाहरूलाई उहाँ तिनीहरूको र तिनीहरू उहाँका हुन् भनी खुलमखुल्ला घोषणा गर्ने माध्यमको रूपमा बप्तिस्मा दिनुभएको छ । एक विश्वासीको ख्रीष्टसँगको एकतालाई पुष्टि र चित्रण गर्न परमेश्वरले चर्चलाई शक्तिशाली र सार्वजनिक दुवै तरिका दिनुभएको छ । र यस दोहोरो कार्यमा विश्वासीले चर्चप्रति र चर्चले विश्वासीप्रति प्रतिबद्धता गर्दछ । बप्तिस्मा एउटा चिन्ह हो जसले एक विश्वासीको ख्रीष्टसँगको एकतालाई चित्रण गर्दछ, र विश्वासी र चर्चलाई  एक बनाएर नयाँ अर्थात् एकअर्कासँगको सम्बन्ध स्थापित गर्दछ ।
       बप्तिस्मा भनेको के हो ? यसलाई मसँगै दोहोर्याउनुहोस्ः बप्तिस्मा एक विश्वासीलाई पानीमा डुबाएर ख्रीष्टसँगको एकतालाई पुष्टि र चित्रण गर्ने चर्चको काम हो । र सार्वजनिक रूपमा आफैँलाई ख्रीष्ट र उहाँका मानिसहरूमा समर्पण गर्ने एक विश्वासीको काम हो । यसरी एक विश्वासीलाई संसारबाट अलग गरी चर्चमा एकबद्ध गराइन्छ । यसले हामीलाई अर्को प्रश्न र अध्यायमा डोर्याउँछः कसले बप्तिस्मा लिनुपर्छ ?

सुसमाचार के हो ? एक  व्यक्ति कसरी प्रभु–भोजमा सामेल हुनुपर्छ ?