Throwing-on-a-Potters-Wheel_CO-Shutterstock.original

एक वृहत अर्थमा चर्च अनुशासन भनेको चर्चमा पापलाई सच्याउने कार्य हो । ध्यान दिनुहोस्, कि हितोपदेशको पुस्तकले अनुशासनको विचारलाई व्यापक रूपमा वर्णन गर्दै कसरी अनुशासन र सुधारलाई एकै ठाउँमा राख्छः
ताडना अनुशासन लाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्छ,
तर सुधारलाई घृणा गर्ने व्यक्ति अबुझ हो । (हितोपदेश १२ः१)
    अनुशासन गर्नु भनेको सच्याउनु, हप्काउनु, र चेतावनी दिनु हो । यस्तो किसिमको सुधार निजी र अनौपचारिक रूपमा हुन्छ । चर्चमा एक जना मेरो मित्रले म कतिसम्म स्वार्थी छु भनेर बताइदिनुभयो । त्यो अनुशासनको सानो कार्य थियो । मैले यसबाट केही सिकेको छु । तर कहिलेकाहीँ यस्तो सुधार औपचारिक र सार्वजनिक हुँदछ । यसमा चर्चलाई बताउने र— यदि त्यो व्यक्तिले चर्चलाई भनिसकेपछि पनि पश्चात्ताप गर्दैन भने— उसलाई सदस्यताबाट हटाउने कुरा समावेश हुँदछ । यो हटाउने प्रक्रियाको एकदमै अन्तिम चरणलाई कहिलेकाहीँ “बहिष्कार” भनेर भनिन्छ ।  
    रोमन क्याथोलिकहरूले चर्चको सदस्यता र मुक्तिबाट मानिसहरूलाई हटाउने प्रक्रियालाई वर्णन गर्न बहिष्कार शब्दलाई प्रयोग गरेको छन्— मानौँ कि चर्चले कसैको मुक्तिलाई अस्वीकार गर्न सक्छ । प्रोटेस्टेन्टहरूबीच, बहिष्कार शब्दको सामान्य अर्थ भनेको स्थानीय चर्चको सदस्यताबाट र प्रभु–भोजको टेबलबाट एक व्यक्तिलाई प्रभु–भोजबाट बहिष्कार गर्नु ) सदस्यलाई हटाउनु भन्ने हुन्छ । यसको अर्थ त्यो व्यक्ति निश्चित रूपमा गैर–ख्रीष्टियान नै हो भन्ने होइन । अन्तत हामी पवित्र आत्माले जस्तो कुनैपनि व्यक्तिको आत्मालाई देख्न सक्दैनौँ । तर, यो त चर्चले यसरी भन्ने एउटा तरिका हो, “हामी अब हाम्रो सामूहिक नाम र विश्वसनीयताद्वारा यो व्यक्तिलाई एक ख्रीष्टियान हो भनी पुष्टि गर्न सक्दैनौँ । त्यसको साटो, हामी यस व्यक्तिलाई गैर–ख्रीष्टियानको रूपमा व्यवहार गर्नेछौँ ।”
    विशेषगरी पछिल्लो अन्तिम चरणको सन्दर्भलाई जनाउनलाई म यस पुस्तकमा अनुशासन र बहिष्कार दुवै शब्दहरू प्रयोग गर्नेछु । 
    मानिसहरूले जीवनको अन्य क्षेत्रहरूमा अनुशासनको विचारलाई स्वीकार गरे । हाम्रा प्रशिक्षकहरूले हामीलाई दौडको लागि तयारी गर्न हाम्रो शरीरलाई अनुशासनमा राख्न लगाए । हाम्रा शिक्षकहरूले हामीलाई परीक्षाको तयारीको लागि हाम्रो दिमागलाई अनुशासनमा राख्न दबाब दिन्छन् । त्यसपछि हाम्रा शिक्षकहरूले ती परीक्षाहरूलाई जाँच गरेर हामीलाई अनुशासनमा राख्छन् । हामीलाई थाहा छ, कि जीवनका यी अन्य क्षेत्रहरूमा गरिने सुधारले, वृद्धि ल्याउँछ । यदि तपाईं आफ्नो  बगैँचा राम्रो बनाउन चाहनुहुन्छ भने, तपाईंले त्यसलाई गोडमेल गर्नुपर्ने हुन्छ ।
    मैले आँगनको फूलबारी काटछाँट गर्नलाई पहिलो पटक एक जोडी कैँची लिएको मलाई याद छ । त्यस बेला म चिन्तित थिएँ । “के मैले साँच्चै यी हाँगाहरू काट्नुपर्ने हो ? यसले बिरुवालाई केही असर त गर्दैन ?” तर पनि विश्वास गरेर मैले पहिलो पटक फूलबारीको काटछाँट गरेँ । एक वर्षपछि हेर्नमा रहरलाग्दा फूलहरूले बगैँचा भरिएको थियो । 
    मानिसहरूले अन्य संस्थाहरूमा पनि अनुशासनको विचारलाई स्वीकार गर्दै आएका छन् । संयुक्त राज्य अमेरिकाको एन्टी डोपिङ एजेन्सीले लेन्स आर्मस्ट्रङलाई अवैध औषधिको सेवन मार्फत  उपाधि जितेको ठहर गरेपछि उनको सेभेन टुर डे फ्रान्स उपाधि खोसे तर पनि यसमा मानिसहरूले कुनै सार्वजनिक आक्रोश व्यक्त गरेनन् । तर झुटो प्रमाणहरू जुटाउने वकिललाई बर्खास्त गरीनुपर्छ । अवैध औषधि सिफारिस गर्ने डाक्टरहरूको आफ्नो  मेडिकल इजाजतपत्र पनि खारेज गरीनुपर्छ । पैसा जोगाउन निर्माण संहिता उल्लङ्घन गर्ने ठेकेदार वा बिधुतकर्मीहरू वा पाइप मर्मत गर्ने व्यक्तिहरूलाई पनि जरिवाना र सम्भवतः जेल सजाय हुनुपर्छ भन्ने कुरा पनि जनताले स्वीकार गरेका छन् ।
    तर जब चर्च  अनुशासनको कुरा आउँछ, हामी फरक महसुस गर्छौँ ।

१ कोरिन्थी १५ मा रहेको सुसमाचारको मूल्य र इनाम सुसमाचार के हो ?