context

उचित सन्दर्भीकरण र अबाइबलीय सम्झौता के हो भनी निर्धारण गर्ने सबैभन्दा राम्रो मापदण्ड भनेको यो प्रश्न सोध्नु हो— के यसले सुसमाचारले ल्याउने अपमानलाई स्पष्ट पार्छ ? यदि यसको उत्तर ‘पार्छ’ हुन्छ भने, यो बाइबलीय सन्दर्भीकरण हो । यदि होइन भने, यो अबाइबलीय सम्झौता हो ।

सुरुमा, जुत्ता खोलेर मात्र घरभित्र प्रवेश गर्ने वा देब्रे हातले खान नखाने जस्ता सांस्कृतिक अभ्यासहरू सुसमाचारसँग सम्बन्धित नभएजस्तो देखिन सक्छ । तर, यस्ता सांस्कृतिक रीतिरिवाजहरू अनुकूल बनिदिँदा सांस्कृतिक अपमानहरू हट्छ भने, यसले हामीलाई अझ प्रत्यक्षरूपमा सुसमाचार सञ्चार गर्ने मौका दिन्छ । यस्ता सांस्कृतिक अवरोधहरूलाई पन्छाउँदा स्रोताहरूले सुसमाचारले ल्याउने अपमानलाई स्पष्टसँग सुन्ने अवसर पाउनेछ । अर्को शब्दमा भन्नुपर्दा, उचित सन्दर्भीकरणले मानिसहरूलाई संस्कृतिमा नभएर सुसमाचारमा ठेस लाग्ने बनाउँछ ।  

अर्को तर्फ, यदि तपाईंले सुसमाचारलाई विरोधाभास बनाउने कुनै पनि सांस्कृतिक अभ्यासहरूलाई अपनाउनुभएको छ भने, वा कसैले पहिले नै विश्वास गरेको कुरालाई रिझाउने गरी सुसमाचारको भिन्नतालाई घटाएर सुसमाचार प्रस्तुत गर्नुहुन्छ भने, यसप्रकारको “सन्दर्भीकरण” उचित सन्दर्भीकरणको भेष धारण गर्ने अबाइबलीय सम्झौता मात्र हो, किनकि यसले सुसमाचारले ल्याउने अपमानलाई यतिविघ्न घटाइदिन्छ कि यसले सुसमाचारलाई नै ओझेलमा पारिदिन्छ । 

हामीले आराधना सेवामा समावेश गर्न हुने र नहुने कुरा कसरी निर्णय गर्ने ? परमेश्वरको अनुग्रहद्वारा उद्धार गरिएका