person holding bible with pen

केही ख्रीष्टियानहरूले यस प्रश्नको उत्तर सजिलै दिने गर्छन् । उनीहरू भन्ने गर्छन् – परमेश्वरले हामीलाई हाम्रो इच्छा अनुरूप उहाँको आराधना गर्ने स्वतन्त्रता दिनुभएको छ । पवित्र आत्माले अगुवाइ गर्नुभए अनुसार हामीले गर्नुपर्छ– हामीले आत्मालाई निभाउनू हुँदैन । 

तर, यदि कसैले परमेश्वरको तस्बिरलाई दण्डवत् गरेर आराधना गर्न चाहन्छन् भने नि ? हामीलाई थाहा छ कि, हामीले आराधनाको नाममा पापपूर्ण कार्यहरू गर्नहुँदैन । तर के यसको मतलब हामीले पापपूर्ण कार्य नगरेसम्म परमेश्वरलाई हाम्रो इच्छा अनुसार जुनसुकै तरिकामा पनि आराधना गर्न सक्छौँ ? पक्कै सक्दैनौ । सामूहिक आराधनामा ख्रीष्टियानहरूले बाइबलले हामीलाई बताएको र माग गरेको कुरा मात्र गर्नुपर्दछ ।  उहाँले दिनुभएको आज्ञालाई प्रमाणित गर्न केही बाइबलीय सत्यताहरू यसप्रकार छन्ः 

१) हामीले परमेश्वरको आराधना कसरी गर्ने भन्ने कुराको निर्धारण गर्ने केवल परमेश्वरसँग मात्र अधिकार छ, (लेवी १०ः१–३, यूहन्ना ४ः२०–२६, १ कोरिन्थी १४) । दश आज्ञा मध्येको दोस्रो आज्ञाले साँचो परमेश्वर बाहेक अन्य देवताहरूको पुजा गर्ने कुरामा मात्र  नभएर साँचो परमेश्वरलाई उहाँको इच्छा विपरित पुजा गर्ने तरिकामा पनि निषेध गर्दछ । 

२) “विश्वास” भनेको परमेश्वरको प्रकाशमाथि गरिएको विश्वासको प्रतिक्रिया हो । र विश्वासभन्दा बाहिरबाट आएका सबै कुरा पाप हुन्, (रोमी १४ः२३) ।  त्यसैकारण परमेश्वरले त्यस्तो कुनै आराधना ग्रहण गर्नु हुदैन, जसले उहाँको प्रकाश माथिको विश्वासको प्रतिक्रिया जनाउँदैन । 

३) ख्रीष्टियानहरू नियमित रूपमा भेला हुनुपर्ने कुरा नयाँ करारले माग गर्दा छ, (हिब्ब्रू    १०ः२५)  । र ख्रीष्टियानहरूले मानव निर्मित नियम र अभ्यासहरूमा आफैलाई समर्पित गर्नुहुँदैन, (कलस्सी २ः१६–२३) । त्यसैकारण कुनै पनि चर्च, जसले आफ्ना सदस्यलाई परमेश्वरको आज्ञा विपरीतको कार्यमा सहभागी हुन प्रोत्साहन गर्छ, त्यस्ता चर्चहरूले गैरकानुनी रूपमा ती मानिसहरूको विवेकलाई बन्धक बनाइरहेका हुन्छन् । ख्रीष्टियानहरूको विवेकलाई मानव निर्मित कुराहरूबाट स्वतन्त्र राख्नु पर्ने कारण, चर्चलाई परमेश्वरको आज्ञा भन्दा बाहिर रहेर आफ्नो इच्छामा उहाँको आराधना गर्ने कुनै स्वतन्त्रता छैन । 

तब आराधना सेवामा समावेश गर्न हुने र नहुने कुराको निर्णय हामी कसरी गरौँ ? ख्रीष्टियानहरू भेला हुँदा के गर्नुपर्छ भन्ने कुरा हामी बाइबलमा हेर्छौँ र परमेश्वरले जे गर्नलाई आदेश दिनुभएको छ त्यही गर्ने सिवाय हामी अरू केही पनि गर्दैनौँ ।

चर्च एल्डर भनेको के हो ? उचित सन्दर्भीकरण र अबाइबलीय सम्झौताबीचको भिन्नतालाई कसरी छुट्याउन सकिन्छ ?