Grey Photocentric Road Church Seminar Poster

यस पुस्तकको लक्ष्य भनेको महान् आदेश के हो र यसले तपाईंको व्यक्तिगत जीवनमा केकस्ता सरोकार राख्छ भनी बुझ्नलाई मद्दत गर्नु हो ।
बाइबलले “महान् आदेश” शब्दलाई नचलाए तापनि स्वर्गमा उचालिनुअघि येशूले दिनुभएको अन्तिम महिमित आज्ञालाई वर्णन गर्नका लागि ख्रीष्टियानहरूले यस शब्दलाई लामोसमयदेखि प्रयोग गर्दै आएका छन् । के तपाईंलाई याद छ ? त्यो यस प्रकार छः
तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ । यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु ।” (मत्ती २ः१–२०)
क्रूसीकरण (क्रूसमा टाँगिनु) भन्दा पहिले आफ्नो सेवकाइको दौरानमा येशूले यस्तो भन्नुभएको थियो कि उहाँको मिसन केवल इस्राएलका हराएका भेडाहरूको लागि मात्र थियो (मत्ती १५ः२४) । तर अब, पुनरुत्थान पछि, उहाँ समस्त पृथ्वीको महिमित न्यायकर्ता हुनुहुन्छ । दानिएल ७ मा उल्लेख गरिएको मानिसको पुत्रझैँ उहाँ सर्वशक्तिमान्को अधिकार लिएर पुनर्जीवित हुनुभयो । येशूको अधिकार इस्राएलमा मात्र नभई सबै राष्ट्रमा फैलिएको छ र स्वर्ग र पृथ्वीको सम्पूर्ण अधिकार उहाँसँग छ ।
यो अधिकार दाबी गरिसकेपछि, येशूले आफ्नो चेलाहरूलाई चेला बनाउनु भनी अह्राउनुभयो । व्याकरणीय दृष्टिकोणबाट हेर्ने हो भने मौलिक ग्रीक भाषामा “चेला बनाओ” आज्ञार्थक क्रिया हो, र त्यो आज्ञा तीनवटा क्रियापदहरूले घेरिएको छ । यसलाई हामी यसरी अनुवाद गर्न सक्छौँः
गएर, बप्तिस्मा दिएर र सिकाएर चेला बनाओ
पहिलो क्रियापद ‘गएर’ लाई “जाओ” भनी अनुवाद गरिएको छ । यसो गर्नु खासै नराम्रो कुरा होइन, किनकि वाक्यांशको पहिलो शब्द नै “जाओ” हो, र यो ठीक “चेला बनाओ” को अघि आउँदछ । ग्रीक पाठकहरूले यसलाई विशेष रूपमा जोड दिनुपर्छ भनी बुझे होलान् । तसर्थ हामीले यसलाई “जाओ” भनी अनुवाद गर्दा केही फरक पर्दैन ।
यदि चेला बनाउने कार्यमा जाने, बप्तिस्मा दिने र सिकाउने कुरा पर्छ भने, जानेहरूलाई कसले पठाउँदैछ ? अनि बप्तिस्मा दिने र सिकाउने काम कसले गर्दैछ ? के यो कार्यलाई मुख्यतया व्यक्तिगत सुसमाचार प्रचार र चेलापनद्वारा पूरा गरिएको हो ? वा अरू कुनै तरिकाबाट ?
चर्चले चर्चहरू स्थापना गरेर महान् आदेश पूरा गर्दछ
जब म महान् आदेशसम्बन्धी लेखिएको पुस्तकहरू खोज्छु र पढ्छु प्रायः ती पुस्तकहरू सुसमाचार वा मिसनहरूमा केन्द्रित भएको पाउँछु । ती पुस्तकहरूले ख्रीष्टियानहरूले व्यक्तिगत रूपमा के गर्दछन् भन्ने विषयमा बढी जोड दिइरहेका हुन्छन् । र मैले पनि त्यस्तै किसिमको एउटा पुस्तक लेखेको छु, र त्यो पुस्तकको नाम “सुसमाचार र व्यक्तिगत सुसमाचार प्रचार” हो । म आशा गर्दछु कि तपाईंले त्यो पुस्तक पढ्नुहुनेछ । निश्चय नै, व्यक्तिगत रूपमा सुसमाचार नसुनाइकन र अरूहरूलाई नसिकाइकन महान् आदेशलाई पूरा गर्न सकिँदैन । तर के महान् आदेश पूरा गर्नु भनेको— सबै ख्रीष्टियानहरूले व्यक्तिगत रूपमा अर्को भूगोलमा गएर सुसमाचारका पर्चाहरू बाड्नुपर्छ भन्ने हो ? कि येशूका शब्दहरूले अरू नै कुरातर्पफ सङ्केत

गर्दछ ?
यस प्रश्नले हामीलाई यस पुस्तकको उद्देश्यलाई वर्णन गर्ने दोस्रो तरिकामा ल्याउँछ— म तपाईंलाई यो बुझाउन मद्दत गर्नेछु कि महान् आदेश सामान्य रूपमा चर्चहरू स्थापित गरेर र स्थानीय चर्चहरूलाई वृद्धि गराएर पूरा गरिन्छ । चर्चले चर्चहरू स्थापना गरेर महान् आदेश पूरा गर्दछ । महान् आदेशले तपाईंको व्यक्तिगत ख्रीष्टियान जीवनलाई पनि समावेश गर्दछ । तसर्थ, महान् आदेशले तपाईंको स्थानीय चर्चद्वारा तपाईंलाई आबद्ध गराउँछ । यही नै त्यो सामान्य तरिका हो, जसलाई परमेश्वरले जान, चेला बनाउन, बप्तिस्मा दिन र सिकाउनका लागि भन्नुहुन्छ ।
अब्राहाम र हामीलाई परमेश्वरको प्रतिज्ञा
येशूले यो आज्ञा दिनुभन्दा शताब्दीऔँ अगाडि, परमेश्वरले यशैयासँग मसीहको बारेमा के प्रतिज्ञा गर्नुभएको थियो भनी के तपाईंलाई याद छ ? परमेश्वर भन्नुहुन्छ— “याकूबका कुलहरूलाई फेरि पुनस्र्थापना गर्न र इस्राएलको बाँकी भागलाई फेरि फर्काई ल्याउन तँ मेरो दास हुने कुरो तेरो लागि अति सानो कुरो छ । पृथ्वीको पल्लो छेउसम्म तैंले मेरो उद्धार पुर्याओस् भनी अन्यजातिहरूकहाँ एउटा ज्योति पनि म तँलाई बनाउनेछु” (यशैया ४९ः६) ।
मत्तीको सुसमाचारको पहिलो पदले, यस प्राचीन प्रतिज्ञालाई यशैयाभन्दा पनि अगाडि गएर–अब्राहामदेखि नै सुरु गर्दछ । मत्ती १ः१ ले येशूलाई “अब्राहामको पुत्र” भनी सम्बोधन गर्दछ जसले हामीलाई परमेश्वरले अब्राहामसँग गर्नुभएको मूल प्रतिज्ञाको याद दिलाउँछ— “म तँबाट एउटा ठूलो जाति खडा गर्नेछु, र तँलाई आशिष् दिनेछु । म तेरो नाउँ प्रसिद्ध गराउनेछु, र तँ आशिष्को मूल हुनेछस् (उत्पत्ति १२ः २–३) ।”
अर्को शब्दमा भन्नुपर्दा, बाइबलको गवाहीमा एकरूपता छ— र परमेश्वरसँग आफ्नो उद्धारलाई पृथ्वीको छेउसम्म— सबै राष्ट्र र सबै मानिसहरूसम्म पुर्याउने योजना थियो ।
मत्तीको सुसमाचारको अन्तिम पदहरूमा, हामी चेलाहरूलाई येशूसँगै पहाडमा उभिएर यो सिकिरहेको अवस्थामा भेट्टाउँछौँ, कि संसारमा तँ नै आशिष्को मूल हुनेछस् भनी परमेश्वरले अब्राहामलाई गर्नुभएको प्रतिज्ञा यहाँ पूरा भएको थियो । पृथ्वीका सबै जातिहरूले कसरी आशिष् पाउनेछन् भन्ने कुरा यहाँ छ । सुसमाचारको सन्देश सबै राष्ट्र र जातिहरूकहाँ पुर्याउन सबै चेलाहरू जिम्मेवार हुनुपर्नेछ, र ख्रीष्टका सबै चेलाहरूलाई उहाँका आज्ञाहरू पालन गर्न बोलाइनेछ । यस महान् आदेशको लागि, येशूले उनीहरूलाई यो प्रतिज्ञा गर्नुभयो कि उहाँ, जससँग सबै अधिकारहरू छन्, उहाँ नफर्किएसम्म तिनीहरू सबै सँग हुनेछन् ।
के यो प्रतिज्ञा केवल पहिला प्रेरितहरूको लागि मात्र थियो ? होइन, किनकि उहाँ फर्कनुअघि नै प्रेरितहरूको जीवन समाप्त हुनेछ भनी येशूलाई थाहा थियो ।
बरु, येशूले उहाँ युगको अन्त्यसम्मै तिनीहरूसँग रहनेछु भनेर प्रतिज्ञा गर्नुभयो, ताकि हामीले यो जान्न सकौँ कि यो प्रतिज्ञा हाम्रो लागि पनि हो । येशूलाई थाहा थियो, कि यो पहिलो समूह बितेपछि पनि लामो समयसम्म उहाँले पुस्तादेखि पुस्तासम्म काम गरिरहनुहुनेछ । हामीले पनि ख्रीष्टको उपस्थितिको प्रतिज्ञा प्राप्त गरेका छौँ ।
यो महान् आदेश हाम्रो लागि हो !

एक  व्यक्ति कसरी प्रभु–भोजमा सामेल हुनुपर्छ ?  अथक प्रार्थना र असल आचरणमा समर्पित ख्रीष्टियान जीवन