Jesus in the OT edited one

पुरानो करारमा येशू

Topic: Articles

येशू पुरानो करारको पनि मुख्य विषय हुनुहुन्छ । प्रस्थान २५–२७ अनि ३० अध्यायमा विस्तृत रूपमा व्याख्या गरिएको पवित्रस्थानले ख्रीष्टलाई प्रतिकत्व गर्दछ । उहाँको व्यक्तित्व र कार्यमा उहाँ पुरानो करारको भेट हुने पाल हुनुहुन्छ, र पुरानो करारका सबै बलिदानका विधिहरूले ख्रीष्टको सेवकाइमा पूर्णता पाउँछ । त्यतिमात्र नभएर पुरानो करारमा भएका इतिहासका पुस्तकहरू यस्ता मानिसहरूले भरिएको छ जसले आउनुहुने ख्रीष्टतर्फ अङ्कित गर्दछ । उदाहरणको लागि, राजा दाउद, येशूका पुर्खा, जसको वंशबाट अनन्तका राजा आउनुहुनेछ भनेर परमप्रभुले करार बाँध्नुभएको थियो (२ शमू. ७) । 
    साथै अगमवक्ताका पुस्तकहरूमा पनि आउनुहुनेको विषयमा प्रशस्त मात्रामा उल्लेख गरिएको छ । ख्रीष्ट र उहाँको पापको प्रायश्चितको कार्यको भविष्यवाणी गरेका यशैया अगमवक्ताले ख्रीष्टको कष्टलाई एक प्रत्यक्षदर्शी झैँ वर्णन गरेका छन् । यशैया अगमवक्ता नयाँ नियममा सबैभन्दा बढी उद्घरण गरिएका अगमवक्ता हुन् र यो कुनै संयोगवश भएको हैन । उदाहरणको लागी, यशैया ५३ अध्यायले भन्छ : 
“हाम्रो सुसमाचार कसले विश्वास गरेको छ ? र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो ? ऊ उहाँको सामु कलिलो बोटजस्तो र सुक्खा जमिनबाट जरो जस्तो बढ्यो । ऊसित हामीलाई आकर्षण गर्ने न केही सुन्दरता न त महत्व नै थियो । उसको अनुहारमा हामीलाई मन पर्ने केही थिएन । ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित । ऊ त्यो जस्तो थियो, जसलाई देखेर मानिसहरू मुख फर्काउँछन्, ऊ घृणित थियो र हामीले उसलाई केही मोलको गनेनौँ । निश्चय नै उसले हाम्रो निर्बलताहरू बोक्यो र हाम्रा दुख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट, हिर्काइएको, उहाँबाट पिटिएको सम्झ्यौँ । तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो । हाम्रा अधर्मका निम्ति ऊ पेलियो । हामीमा शान्ति ल्याउने दण्ड उसमाथि  पर्‍यो र उसको कोर्राको चोटले हामी निको भयौँ” (यशैया ५३ः१–६) ।
उत्पत्तिदेखि प्रकाशको पुस्तकसम्म, हामी येशू ख्रीष्टको कथा पाउँछौँ । यस कथाभित्र येशू ख्रीष्ट एक सिद्ध मानिस मात्र नभएर हामीमाझ वास गर्नुहुने परमेश्वर हुनुहुन्छ भन्ने वैभवशाली चित्र पाउँछौँ । चर्चहरूले इतिहासभरि नै यी एक व्यक्ति जो वास्तविक परमेश्वर र वास्तविक मानिस हुनुहुन्छ, उहाँको विषयमा धर्मशास्त्रले के भनेका थिए भनी अर्थ लगाउने प्रयास गरेका छन् । येशूले सोध्नु भएका “तिमीहरू के भन्छौ, म को हुँ ?” भन्ने प्रश्नमा सही बाइबलीय उत्तर दिनको लागि हामी उहाँको मानवत्व र परमेश्वरत्व दुवैप्रति इमानदार हुनु आवश्यक छ ।
    हामीले विश्वास गरेका र भरोसा गरेका ख्रीष्ट एक वास्तविक ख्रीष्ट हुनुपर्छ, तबमात्र हाम्रो उद्धार हुनसक्छ । एक झुटो अथवा वैकल्पिक ख्रीष्टले कसैको उद्धार गर्न सक्दैन । यदि बाइबलको ख्रीष्टले उद्धार गर्न असम्भव छ भनी हामी विचार गर्छौ भने, मानव निर्मित ख्रीष्टले उद्धार गर्नु झनै बढी (पूर्ण रूपमा) असम्भव छ । वास्तविक येशूमा गरिएको हाम्रो विश्वासको अन्तिम परिणामको विषयमा बाइबलले हामीलाई बताएको सत्यता बाहिरका अन्य नाम वा शक्तिहरूमा हामी विश्वास गर्दैनौँ । अन्तत, हाम्रो विश्वास स्थिर रहनु अथवा ढल्नु (दुवै) बाइबलको येशूमा निर्भर रहन्छ ।

What is the gospel? चर्च सदस्यता भनेको के हो ?